Our Products

Household Level ICS: 2-Pot Hole Mud Stove ( घरायसी मातृभूमि सुधारिएको २ मुखे चुलो ) 

मातृभूमी सुधारिएको चुलो 

सुधारिएको चुलो एक साधारण प्रविधि हो जसले अत्यन्तै कम दाउरा खपत गरी अधिक तापिय उर्जा दिनुका साथै घर भित्र र बाहिरको हानिकारक धुवा प्रदूषणलाई न्यूनीकरण गर्दछ । मातृभूमी सुधारिएको चुलो प्रयोगबाट स्वास्थमा मात्र नभई विविन्न वातावरनिय, सामाजिक र आर्थिक लाभहरु मिल्दछ । मातृभूमी चुलो बुर्नर र चिमनी युक्त सुधारिएको चुल्हो हो । यो चुलो घरायसी तथा व्यावसायिक दुवै प्रयोजनका लागि अलग–अलग डिजाइनमा बनाउन सकिन्छ ।

मातृभूमी चुलोको संरचना

मातृभूमी चुलोको संरचना सामान्य रुपमा चुलो बनाउने फर्माको प्रयोग गरी स्थानीय श्रोत(साधन जस्तैः ढुङ्गा, माटो, धानको भुस, इट्टाका टुक्रा आदि बाट बनाउन सकिन्छ । यस चुलोमा छुट्टै हावा जाने प्वाल, दाउरा बल्ने भाग, भाडा बसाउने मुख, धुवाँ जाने मार्ग र चिम्नी रहेको हुन्छ । हावा जाने प्वाल को माथिल्लो भाग र दाउरा बल्ने भागको तल फलामे डिस्क बर्नर को प्रयोग हुन्छ । हावा जाने प्वाललाई खरानी निकाल्न र सफा गर्न पनि प्रयोग गरिन्छ । यस्तो चुलो आवस्यकता अनुसार १ वा २ मुखे गरी बनाउन सकिन्छ । यस्ता चुलोहरु नेपाली परिवेशमा अन्य आयातित चुल्हो भन्दा बढि सुहाउदो र सान्दर्भिक हुन्छन् ।

मातृभूमी चुलोको विशेषताहरु

सुधारिएको चुल्हो प्रविधिका फाइदाहरु



एयर सप्लाई डिस्क र यसको सिद्धान्त

मातृभूमी सुधारिएको चुलोमा स्वच्छ हावा प्रदान गर्ने एयर सप्लाई डिस्क बर्नर प्रविधि र पर्याप्त उचाई भएको भान्सावाट धुवा बाहिर जाने चिम्नीको प्रयोग हुन्छ । बैज्ञानिक दृष्टीकोणबाट हेर्दा डिस्क बर्नरमा सोली आकारका विभिन्न प्वालहरु (conical holes) भएकाले प्रज्जवलनको बेलामा यसमाथि रहेको इन्धनर दाउरामा पर्याप्त अक्सिजन प्रबाह भई कोइला समेत पूर्ण रुपमा खरानी नहुन्जेल बल्ने भएकाले दाउरामा निकै कमि आउछ । यसरी इन्धनले आवश्यकता अनुसार अक्सिजन पाउने हुदा ढुंग्रीले फुक्नु नपर्ने र धुवा घर तथा भान्सा भित्र नफर्कने हुन्छ । यस्ता खाले सुधारिएको चुलो र फलामे डिस्क बर्नर परिवार संख्या अनुसार ठुलो - सानो बनाउन मिल्दछ ।

रोटि सेक्न मिल्ने मातृभूमि चुलो

( रुकुम, सल्यान लगायत उतराखंड हिमाचलमा पनि लोकप्रिय )

Industrial ICS

नयाँ ICS मोडेल : वासनादार एसेन्सियल तेल बनाउने स्टोभ

( Industrial ICS : Aromatic Essential Oil Extraction Unit )

Lets Work Together Hand in Hand !

हातेमालो गर्दै सहकार्यमा जुटौ | धुवाँ मुक्त नेपाल निर्माण गरौ